काठमाडौं – नली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा हुनसक्ने असन्तुष्टिलाई थाती राखेर एकढिक्का भएर लागे आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा विजय सम्भव रहेको बताएका छन् ।
मंगलबार नेपाली कांग्रेस तनहुँ पार्टी कार्यालयमा आयोजित छलफलमा उनले यस्तो बताएका हुन् । उनले उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताए ।उनले तनहुँ क्षेत्र नं १ मा पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई विजयी गराउने हिसाबले लाग्न सम्पूर्ण कार्यकर्तालाइृ आग्रह पनि गरे ।
उनले आर्थिक विषयमा समेत ज्ञान भएको नेतृत्व संसद्लाई आवश्यक रहेको भन्दै भट्टराईको जित अनिवार्य भएको बताए ।