उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न उद्योगीलाई अर्थमन्त्री महतको सुुझाव-Sutra News

उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न उद्योगीलाई अर्थमन्त्री महतको सुुझाव

मंगलबार, २८ चैत्र २०७९

मंगलबार, २८ चैत्र २०७९

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न निजी क्षेत्रलाई सुझाव दिएका छन् ।



काठमाडौं मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

देशका हरेक संयन्त्रमा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको बताएका उनले निजी क्षेत्रले उत्पादनमुलुक क्षेत्रमा लगानी गरे सरकारले लगानीको वातावरण सहज बनाउने प्रतिबद्धता जनाए । यसका लागि अल्पकालीन, मध्यकालीन र दिर्घकालीन उपायहरूको व्यवस्था गरिने अर्थमन्त्री महतको भनाइ छ ।
रुस–युक्रेन युद्धलाई इंगित गर्दै उनले अन्न्तर्राष्ट्रियस्तरमा भइरहेका युद्धहरूको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि चार प्रतिशतभन्दा माथि हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट