गृहमन्त्री श्रेष्ठले भने – ‘निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउछौँ ‘-Sutra News

गृहमन्त्री श्रेष्ठले भने – ‘निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउछौँ ‘

मंगलबार, २८ चैत्र २०७९

मंगलबार, २८ चैत्र २०७९

काठमाडौं – उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न नसकिने बताउका छन् । मंगलबार प्रेस सेन्टर रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।



उनले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताए। उनले भने – ‘मैले गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेदेखि नै भनेको छु यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न, नागरिकताविहीन भएको पीडा हामीले बोध गर्न सक्नुपर्छ’

उनले नागरिकता सम्बन्धित केही विषयमा भने राष्ट्रिय सहमति आवश्यक रहेको पनि बताए । त्यसबारेमा सबै राजनीतिक पार्टी एवम् राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तित्वसँग छलफल गरिने उनले बताए । उनले अर्थतन्त्रमा तत्काल देखा परेका समस्यालाई समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन सके मात्र समृद्धि हासिल हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट