कुवेत न्युजले कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरी फेदा नामक समाचारवाचक सिर्जना गरेको छ ।
फेदाले कुवेत टाइम्सको सहयोगमा कुवेत न्यूजको ट्विटर एकाउन्टमा समाचार वाचन गरेकी छिन् ।
कुवेती मिडिया आउलेटले आर्टिफिसयल इन्टेलिजेन्टस्को प्रयोग गरेर एउटा समाचारवाचक बनाएको दाबी गरेको छ ।
‘फेदा एउटा लोकप्रिय र पुरानो कुवेती नाम हो जसले चाँदीको प्रतीक जनाउँदछ । हामी सधैं रोबोटको चाँदी तथा धातुको रंगको कल्पना गर्ने गर्छौं’, उनले भनेका छन्, ‘त्यसकारण हामीले दुवैलाई एकै ठाउँमा फेदालाई मिलाएर बनाएका हौं ।’