काठमाडौं – अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष बनेदेखि नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले राजनिितको आडमा अध्यक्ष बनेको भन्दै आक्रोश व्यक्त गर्दै आइरहेको छन् ।
यस्तै अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि बुधबार अध्यक्ष केसीप्रति आक्रोश व्यक्त गरेका छन् ।आफूहरूको फिल्म ‘छक्का पञ्जा ४’को कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको भन्दै उनले केसीप्रति आक्रोश व्यक्त गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत अभिनेता दीपकराजले भनेका छन् ‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा’
मंगलबार चलचित्र विकास बोर्डले यस बर्ष प्रदर्शनमा आएका नेपाली फिल्महरूको कमाइ सार्वजनिक गरेको थियो । जसमा ‘छक्कापञ्जा ४’ले १६ करोड ९४ लाख रूपैयाँ कमाइ गरेको बताइएको छ ।