काठमाडौं – महिलालाई भारतमा यौन व्यवसायमा लगाउने एक जना पक्राउ परेका छन् । आकर्षक रोजगारीमा लगाइदिन्छु भन्दै नेपालबाट दलालमार्फत पु¥याइएका महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने मुख्य व्यक्ति सोनाम भन्ने हेरिङडोल्मा तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरेको हो ।
नेपालबाट महिलालाई ललाइफकाई भारतमा पु¥याउने दलाल पक्राउ परेको छ वर्षपछि भारतमा कोठी सञ्चालन गर्दै आएकी सोनाम पक्राउ परेकी हुन् ।
नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखु निवासी ४० वर्षीया उनलाई भारतबाट नेपाल आएको समयमा काठमाडौँबाट रसुवा जाँदै गर्दा पीडितले दिएको सूचनाका आधारमा शनिबार पक्राउ गरिएको हो ।