मेयर बालेन गैरजिम्मेवार बने भन्दै संघीय सरकार गैरजिम्मेवार बन्न मिल्दैन – राजेन्द्र पाण्डे-Sutra News

मेयर बालेन गैरजिम्मेवार बने भन्दै संघीय सरकार गैरजिम्मेवार बन्न मिल्दैन – राजेन्द्र पाण्डे

बुधबार, २९ चैत्र २०७९

बुधबार, २९ चैत्र २०७९

काठमाडौं, २९ चैत । एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले फोहोर उठाउने विषयमा काठमाडौं महानगरपालिका गैरजिम्मेवार बने पनि संघीय सरकार गैरजिम्मेवार बन्न नहुने बताएका छन् ।



बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले काठमाडौंका मेयर बालेन शाहले राष्ट्रपति भवन, सिंहदरवारलगायत स्थानको फोहोर उठाउँदिनँ भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको बताए । तर, उनले संविधानले दिएको जिम्मेवारी पूरा नगर्ने अभिव्यक्ति दिए भन्दै संघीय सरकार पनि गैरजिम्मेवार बन्न नहुने उनको भनाइ छ ।

काठमाडौंमा दुई दिन फोहोर नउठ्दा अब के गर्ने भन्ने पिरलो हुने गरेको भन्दै सांसद पाण्डेले तर, ४२ किलोमिटर टाढा बनेपादेखिको फोहोर बन्चरेडाँडामा फ्यालेर त्यहाँका जनतामाथि अन्याय गरेको आरोप लगाए । यसर्थ संघीय सरकार गैरजिम्मेवार नबनोस् उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार