नेपालमा आज १२१ कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु-Sutra News

नेपालमा आज १२१ कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

बुधबार, २९ चैत्र २०७९

बुधबार, २९ चैत्र २०७९

काठमाडौं, २९ चैत-नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप एक संक्रमितको ज्यान गएको हो ।यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ।



त्यस्तै पछिल्लो २४ घन्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरि ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै ८१ जना कोरोनामुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट