नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले संसद विघटन गर्ने भन्ने अर्थहीन अभिव्यक्ति दिएपछि एमालेका सचिव योगेश भट्टराईए मुख खोलेका छन् ।
बुधवार संघीय संसद भवनमा कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेबाट संसद विघटन हुँदैछ भनेर अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका हुन् ।
‘मद्यपान, धुम्रपानबाट अलिकति टाढा रहेको भन्ने नै मैले बुझ्छु माधव नेपाललाई आजको उहाँको बोली हेर्दा अलि शंकास्पद छ क्या । उहाँले आफू दुरुस्त भएर त्यो बोलेको जस्तो लाग्दैन। उनले भने।
भट्टराईले नेपाल होसमा भएर वा नभई बोलेको भन्दै प्रश्नसमेत गरे।