राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ ।
बुधबार केन्द्रीय पार्टी कार्यालयमा बसेको पार्टीको बैठकले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट र पदबाट निष्कासन गरेर यस्तो निर्णय गरेको हो।
मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि आज बसेको रास्वपा केन्द्रीय समितिको बैठकले उनलाई सांसदसहित पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको हो ।