काठमाडौं महानगरपालिकाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता – शेखर कोइराला-Sutra News

काठमाडौं महानगरपालिकाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता – शेखर कोइराला

बिहिबार, ३० चैत्र २०७९

बिहिबार, ३० चैत्र २०७९

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले काठमाडौं महानगरपालिकाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता भएको बताएका छन् । बिहिबार सामाजिक सञ्जालमार्फचत नेता कोइरालाले यस्तो बताएका हुन् ।



सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब भएको पनि उनले बताएका छन् । उनले अहिले दबै सच्चिनु ठिक हुने पनि बताएका छन् ।

उनले लेखेका छन् – ‘कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो,जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैैपर्छ।अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो।दुबै सच्चिनु पर्छ।’

यसअघि बिहिबार नै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले काठमाडौंवासीको हितमा काम नगर्ने भए प्रमुख प्रशासननिक केन्द्र सिंहदरवार अन्यत्र सार्न संघीय सरकारलाई सुझाव दिएका थिए ।

आफ्नो कार्यमा संघीय सरकारले असहयोग गरेको भन्दै काठमाडौं महानगरले सिंहदरवारसहितका स्थानको फोहोर उठाएको छैन । यसपछि बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगर मेयर शाहको अभिव्यक्ति गैरजिम्मेवार रहेको र आफ्नो जिम्मेवारी पूरा गर्न भनेको थियो ।

यसपछि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले काठमाडौंवासीको हितमा काम नगर्ने भए सिंहदरवार अरु पालिकामा सार्न भनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट