नेपालमा आज थप १०६ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

नेपालमा आज थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

बिहिबार, ३० चैत्र २०७९

बिहिबार, ३० चैत्र २०७९

काठमाडौं, ३० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोनाभाइरस स‌ंक्रमण पुष्टि भएको जनाएको छ ।बिहीबार अपरान्ह मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ हजार ४८८ नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



जसअनुसार ५४१ नमुनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा र ९४७ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४३५ रहेको छ ।पछिल्लो २४ घण्टा ७४ जनामा कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट