ज्ञानेन्द्र शाहीको भविष्यवाणी : वैशाख १० गतेपछि यो गठबन्धन सरकार ढल्छ-Sutra News

ज्ञानेन्द्र शाहीको भविष्यवाणी : वैशाख १० गतेपछि यो गठबन्धन सरकार ढल्छ

शनिबार, २ बैशाख २०८०

शनिबार, २ बैशाख २०८०

पोखरा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन धेरै लामो समय नटिक्ने दाबी गरेका छन्।



चुनाव जित्नका लागि मात्र गठबन्धन गरेर सरकारलाई समर्थन दिएको भन्दै उनले यस्तो बताएका हुन्।

‘केही साथीहरुले अहिलेको सरकारलाई समर्थन गरेको भनेको आफु चुनाव लड्नलाई मात्रै हो । जुन दिन चुनाव जित्छन्, त्यहिँ दिन त्यो सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ । र सरकार ढल्छ,’ पोखरामा पत्रकारहरूसँग उनले भने।

पटक पटक फेल भइसकेको नेतृत्वले नै सरकार चलाएको भन्दै उनले मुलुक धराससाय भएको बताए।

‘हामी कुनै एउटा कक्षा फेल भयौं भने फेरि त्यहिँ कक्षा पढ्नुपर्छ । कक्षा बढाउन पाइदैन । तर, यहाँ जतिपटक फेल भएपनि पटकपटक नेतृत्वमा पुग्ने प्रवृतिको विकास भयो,’ उनले भने, ‘यसले मुलुकलाई धरासाय ग¥यो र तपाईंहरुले स्पष्ट बुझ्नुस् की वैशाख १० गते पछाडी संसदीय अंकगणितको राजनीति फरक तरिकाले अगाडि बढ्छ ।’

यसअघि राप्रपा पनि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको थियो। प्रचण्डले एमालेसहितको गठबन्धन छोडेसँगै राप्रपा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो।

0

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट