मन्त्रालय भागबन्डामा मिलेन कुरा, एकीकृत समाजवादीले माग्यो थप एक मन्त्रालय-Sutra News

मन्त्रालय भागबन्डामा मिलेन कुरा, एकीकृत समाजवादीले माग्यो थप एक मन्त्रालय

शनिबार, २ बैशाख २०८०

शनिबार, २ बैशाख २०८०

काठमाडौँ- सत्ता गठबन्धनका शीर्ष तीन दलका शीर्ष नेताबीचको आज बसेको बैठक निष्कर्षबिहीन सकिएको छ। मन्त्रालय बाँडफाँडबारे नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच कुरा नमिल्दा बिहानको बैठक बिनानिष्कर्ष सकिएको हो।



शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरूसँग मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गरेका थिए।

एकीकृत समाजवादीले थप एक मन्त्रालय माग गरेपछि बिहान बसेका सत्तारूढ तीन दलका शीर्षसहितका नेताहरुको छलफल बिनानिष्कर्ष टुंगिएको हो।

बिहानको छलफलमा काङ्ग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा थिए। यस्तै समाजवादीबाट महासचिव घनश्याम भुसाल र किसान श्रेष्ठ थिए।

अहिलेको छलफलबाट निष्कर्ष निकाल्न नसकेपछि साँझ पुन: बस्ने गरी अहिलेको बैठक टुंगिएको नेताहरूले बताएका छन्।

बेलुका तीन दलबीच सहमति भए प्रधानमन्त्री प्रचण्डले भोलि मन्त्रिपरिषद्लाई पूर्णता दिने छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट