आफैँ चुनाव हारेका महेश बस्नेतको दाबी : रविले चितवनमा हार्छन्-Sutra News

आफैँ चुनाव हारेका महेश बस्नेतको दाबी : रविले चितवनमा हार्छन्

शनिबार, २ बैशाख २०८०

शनिबार, २ बैशाख २०८०

काठमाडौं- नेकपा (एमाले)का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन हार्ने दाबी गरेका छन्। लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले चितवन क्षेत्र नम्बर–२ का जनताले निर्वाचनमा हराउने उनको भनाइ थियो ।



शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले लामिछानेले मयूरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको बताए ।

नेता बस्नेतले युवा र लोकप्रिय भएकाले चितवन–२ मा आफ्ना पार्टीका उमेदवार रामप्रसाद न्यौपानेले चुनाव जित्ने सम्भावना बढी रहेको पनि बताए । त्यहाँ एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने उनको धारणा छ ।

‘चितवन–२ का जनताले, यो नक्कली राष्ट्रवाद, यो अवसरवादी चरित्र, यो पब्लिक कम्जवसन्सनका लागि गरिने कुराहरूबाट चितवन–२ मुक्त हुुन्छ । त्यहाँ नेकपा (एमाले) र कांग्रेसबीच प्रतिस्पर्धा हुुन्छ । र, रविजी त्यसलाई पछ्याउनुहुन्छ,’ उनले भने, ‘सम्भव हिजो कृष्णभक्त पोखरेलले राम्रो काम गरेको हुनाले र आज रामप्रसाद न्यौपाने एउटा नयाँ युवाहरूको बीचमा पपुलर व्यक्ति हामीले उठाएका छौँ । त्यसानुसार युवाहरूलाई राजनीतिमा ल्याउनुपर्छ भन्ने मान्यता पनि छ । उहाँको सम्भावना निकै बलियो छ, कमजोर छैन भन्ने मलाई लाग्दछ । चितवनका जनताले रविजीलाई जिताउँदैनन् ।’

नेता बस्नेतले सरकारको काम–कारबाही देश र जनताको हितमा नरहेको भन्दै आक्रोश समेत व्यक्त गरे । गत मंसिरको निर्वाचनमा बस्नेत नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट