अहिलेको संविधानलाई आवश्यकताअनुसार परिमार्जन गर्न सकिन्छ : विमलेन्द्र निधि-Sutra News

अहिलेको संविधानलाई आवश्यकताअनुसार परिमार्जन गर्न सकिन्छ : विमलेन्द्र निधि

शनिबार, २ बैशाख २०८०

शनिबार, २ बैशाख २०८०

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयन गर्नका लागि ध्यानकेन्द्रित गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा कांग्रेस ओखलढुंगा–काठमाडौं उपत्यका सम्पर्क समितिद्वारा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



आवश्यकताअनुसार संविधानलाई परिमार्जन गर्न सकिने भन्दै उनले कसैले संविधान च्यात्न खोजे हतोत्साहित गर्नुपर्ने धारणा राखे ।

नेता निधिले संविधानमा नै पाँच वर्षसम्म संसद् विघटन गर्न नपाउने व्यवस्था भएकाले राजनीतिका कारण नेताहरू निराश हुनुपर्ने अवस्था नरहेको बताए ।

मुलुकको नेतृत्व गर्नेले प्राप्त उपलब्धिको रक्षाका साथै जनतालाई निराशाबाट मुक्त गराउनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट