काठमाडौँ- पोखराको सेती खोंचमा एकजना बालक खसेका छन्। शनिबार दिउँसो पोखरा–८ का स्मृती पराजुली खसेको प्रहरीले जानकारी दिएको छ।
पोखराको सेती खोँचमा खसे १२ वर्षीय बालक
काठमाडौँ- पोखराको सेती नदीको खोँचमा एक बालक खसेका छन्। पोखरा महानगरपालिका-१५ सिताराम हाउजिङस्थित खाली चौरमा खेल्न पुगेका उनी खोंचमा खसेका थिए।
खोंचमा खसेका १२ वर्षीय बालकलाई वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक माधव केसी नेतृत्वको टोली र गण्डकी प्रहरी गणको रेस्क्यू टोली पुगेर उद्धार गरिसकेको छ।
बालकको अवस्था अहिले अचेत छ। उनको गण्डकी अस्पतालमा उपचार भइरहेको छ।