एनपी साउद परराष्ट्रमन्त्री बन्दै, दिउँसो तीन बजे शपथ-Sutra News

एनपी साउद परराष्ट्रमन्त्री बन्दै, दिउँसो तीन बजे शपथ

आइतबार, ३ बैशाख २०८०

आइतबार, ३ बैशाख २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सांसद एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन्। नेपाली कांग्रेसको तर्फबाट साउद आज परराष्ट्रमन्त्री बन्न लागेका हुन्। साउदले आज दिउँसो तीन बजे पद तथा गोपनीयताको शपथ लिनेछन्।



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आठौँपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेको बेला साउद परराष्ट्रमन्त्री बन्न लागेका हुन्। साउदलाई परराष्ट्रमन्त्री बनाउन कांग्रेसभित्र पनि सहमति भइसकेको र सोहीअनुसार बालुवाटारमा संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले पत्र पठाइसकेका छन्।
त्यसो त बालुवाटारले राष्ट्रपति कार्यालय शीतल निवासलाई पनि यसबारे पत्र पठाइसकेको बताएको छ।

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएको छ। यसअघि उपप्रधान तथा रक्षा मन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा. प्रकाश शरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल र शहरी विकास मन्त्रीमा सीता गुरुङ गरी चार जना मन्त्री बनिसकेका छन्।

पछिल्लो पटक गत फागुन १७ गते प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए।

आइतबार कांग्रेसबाट साउदको मात्र शपथ हुनेछ। बाँकी तीन जनाको नाम भने कांग्रेसको शेखर कोइराला तथा गगन थापा समूहबाट हुने छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट