काठमाडौँ- बैतडीमा हत्या गरेको फालेको अवस्थामा एक जनाको शव फेला परेको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३८ वर्षका बासुदेव जोशीको शव गाउँ नजिकै फेला परेको हो
जिल्ला प्रहरी कार्यालयका अनुसार शरीरमा धारिलो हतियार प्रहार गरेको घाउ छन्। शव रक्तामय अवस्थामा छ। शनिबार राति प्रहरीलाई घटना बारे जानकारी आएको थियो।
जोशी घरनजिकै पसल आउजाउ गर्ने बाटोमा मृत अवस्थामा भेटिएका थिए। हत्याको कारण र घटनामा संलग्नको पहिचान खुलेको छैन। अहिले जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोली घटनास्थलमा छ।