भारतमा पूर्वसांसद र उनका भाइको गोली हानेर किन गरियो हत्या?-Sutra News

भारतमा पूर्वसांसद र उनका भाइको गोली हानेर किन गरियो हत्या?

आइतबार, ३ बैशाख २०८०

आइतबार, ३ बैशाख २०८०

काठमाडौँ- भारतको उत्तर प्रदेशका पूर्वसांसद अतीक अहमद र उनका भाइ अशरफको गोली हानेर हत्या गरिएको छ।



प्रहरी हिरासतमा रहेका उनको उत्तर प्रदेशको प्रयागराजमा एक हत्याको मामिलामा सोधपुछका लागि लैजादै गर्दा दुवैमाथि गोली हानिएको थियो।

भारतीय संचारमाध्यमसँग कुराकानी गरिरहेका बेला दुवैमाथि पछाडीबाट गोली हानेको भिडिओ सार्वजनिक भएको छ। अतिक अहमदको छोरा असदको पनि बिहीबार झाँसीमा प्रहरीले इन्काउन्टरका नाममा हत्या गरेको थियो।

अतीक र अशरफको हत्या कसरी भयो भन्ने प्रहरीले अझै स्पष्ट खुलाएको छैन। यद्यपी गाडीबाट उत्रिएर संचारमाध्यमसँग कुरा गरिरहेका बेला उनीहरुमाथि गोली प्रहार भएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट