सांसदलाई हर्कले चेतावनी दिँदा बालेनको समर्थन-Sutra News

सांसदलाई हर्कले चेतावनी दिँदा बालेनको समर्थन

आइतबार, ३ बैशाख २०८०

आइतबार, ३ बैशाख २०८०

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क राईले कोशीको पानी धरान ल्याउने प्रोजेक्टमा बजेट नपरे धरानमा सांसद्हरुलाई निषेध गर्ने चेतावनी दिएका छन् ।



सामाजिक सञ्जालमार्फत मेयर राईले भनेका छन् -‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ ! तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहित को ! ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !’

राईको यो अभिव्यक्तिमा काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि समर्थन जनाएका छन् । राईको स्ट्याटसमा शाहले लेखेका छन् -‘पूर्ण समर्थन, गर्ने नै यही हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट