निराश समीक्षा,गलत छैन भन्दै लेखिन् – म कुनै चरित्रहीन छोरी होइन-Sutra News

निराश समीक्षा,गलत छैन भन्दै लेखिन् – म कुनै चरित्रहीन छोरी होइन

आइतबार, ३ बैशाख २०८०

आइतबार, ३ बैशाख २०८०

एकवर्ष अगाडि भएको घटनासँग जोडेर गायिका समीक्षा अधिकारीमाथि विशेषगरी फेसबुक लगायतका सामाजिक संजालहरूमा नराम्रा कमेन्टहरू लेखिने गरेको छ।



सो घटनामा समीक्षा नै दोषी भन्दै सुन्नै नसकिने शव्दहरू उनका सामाजिक संजालसँगै उनी बारे समाचार छापिदा होस् या गीत रिलिज हुँदा, सामाजिक संजालमा उनलाई अनेक कुराहरू लेखिने र भनिने गरिएको छ।

यस्ता कुरासँग गायिका समिक्षा अधिकारी निरन्तर लड्दै आएकी छन्। उनको यो लडाईंमा साथ दिनेहरू पनि थुप्रै छन्। यति हुँदाहुँदै पनि मानिसको मन न हो, जति कठोर हुन्छु सहन्छु भन्दाभन्दा कतै कमजोर भइहाल्छ।
यसरी मन कमजोर हुँदा समीक्षा आफ्ना पीडाहरू फेसबुकमा बेलाबेलामा पोखिरहन्छिन्। उनका ती पीषाहरूले हिम्मत दिने हातहरू खोजिरहेको प्रष्टै बुझ्न सकिन्छ।

यतिबेला गायिका समीक्षा अष्ट्रेलियामा छिन्। उनको मनमा के छ उनैलाई धेरै थाहा होला। आज फेसबुकमा स्टाटस लेख्दै समीक्षाले आफूले पनि अरू मानिसहरू जस्तै भएको र अरूलाई हुनेजस्तै पीडा आफूलाई पनि हुने भएकाले चोट नदिन अनुरोध गरेकी छन्।
फेसबुकमा उनले लेखेको स्टाटस यस्तो छः

कुनै पनि घटनाको कथावस्तु वास्तविक्ता अर्कै हुन्छ तर देखाँउदा त्यसलाई फरक ढंगले देखाइन्छ। अनी हेर्नेले बुझ्नेले पनि त्यसरी नै हेर्छन र बुझ्छन्। अनि कसैलाई गालीको बर्षात हुन्छ त कसैलाई तालीको । चलचित्रको कथा जस्तै मेरो जीन्दगीको कथा पनि त्यस्तै छ । अगाडि बढ्न खोज्छु मेरा पाईला पछाडि तानिन्छन । मन भित्रको बह सुनाउन खोज्छु हाँसो र मजाकको पात्र बन्छु । आफ्ना नजरहरुलाई कहि कतै भुलाउन खोज्छु तर जताततै अध्यारो देख्छु । ए मेरो पनि भावना छ तपाईंको जस्तै। मेरो पनि मन छ तपाईंको जस्तै आँशु झर्दा दुख्छ,पोल्छ । लाग्छ अब त मेरा हरकुरा अर्थहीन हुन जस्तो। म गलत छैन, म कुनै चरित्रहीन छोरी होइन मेरो पनि परिवार छ तपाईंको जस्तै। पर्दामा देखिएका हरेक कुरा सहि हुँदैनन्। सत्यता त मनमै अड्किएर बसेको हुन्छ।

उनको यो स्टाटसमा थुप्रै व्यक्तिले आफूहरू समीक्षाको पक्षमा रहेको प्रतिक्रिया दिएका छन्। जसमध्ये अभिनेता दिपकराज गिरी पनि एक हुन्। समीक्षालाई मानिसहरूले केही न केही भनिराख्ने नै भएकाले सबै कुरा भूलेर अगाडि बढ्न सल्लाह दिएका छन्।

‘कतिलाई स्पष्टीकरण दिन्छौ ? कति स्पष्टीकरण दिन्छौ ? जसले बुझेका छन्, उनीहरुलाई बुझाउनै पर्दैन । जसले बुझ्न चाहेका छैनन्, प्राण गए पनि बुझ्ने छैनन् । तिमीले लडेर पनि फेरि उठ्ने जुन साहस गरेकी छौ, त्यो अत्यन्तै सकारात्मक छ । म तिम्रो त्यो साहसलाई नमन गर्छु । ईश्वरको नाम लिउ, सबै भुलेर अगाडि बढ । अरूले के भन्छन् त्यो नसोच । आफ्नो लागि बॉच्ने हो, अरूको लागि होइन । ‘कुछ तो लोग कहेगे, लोगोका काम है केहेना ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट