काठमाडौँ- भारतबाट पेट्रोलको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५० पैसा मूल्य बढेर आएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको हो। १५ दिन अघि कच्चा तेल प्रतिब्यारेल ७५.७६ अमेरिकी डलर रहेकोमा अहिले अहिले प्रतिब्यारेल ८५ डलर पुगेको छ।
यसैगरी नयाँ मूल्यसूची अनुसार डिजेलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धन ल्याएर बिक्री-वितरण गर्छ।
आईओसीले नेपाल आयल निगमलाई पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँछ। हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ।