काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवा एकै गाडीमा ओली निवास बालकोट पुगेका छन्।
ओली तीन दिनयता भाइरल जरोका कारण घरमै आराम गरिरहेका छन्।
सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच बेपत्ता छानबिन तथा सत्य निरुपणसहित संसद्मा रहेका विधेयकलाई सहमतिमा अघि बढाउने विषयमा छलफल हुँदै छ।
दलका शीर्ष नेताहरुबीचको सहमतिअनुसार आइतबार बिहान पनि बालकोटमा बैठक बोलाइएको थियो। तर प्रचण्डले अन्तिम समयमा आफू व्यस्त रहेको भन्दै बालकोट जान अस्वीकार गरेका थिए।
सभामुख देवराज घिमिरे पनि बालकोट पुगेका छन्। आज तीन नेता र सभामुखबीच बेपत्ता छानबिन तथा सत्य निरुपणसहितका विधेयक अगाडि बढाउने बारे छलफल हुँदैछ।