स्वर्णिम वाग्लेलाई सहयोग गरेको भन्दै आबुखैरेनी गाउँपालिका सभापतिसहित २ जना कांग्रेसबाट निष्काशित-Sutra News

स्वर्णिम वाग्लेलाई सहयोग गरेको भन्दै आबुखैरेनी गाउँपालिका सभापतिसहित २ जना कांग्रेसबाट निष्काशित

मंगलबार, ५ बैशाख २०८०

मंगलबार, ५ बैशाख २०८०

काठमाडौँ- नेपाली कांग्रेस तनहुँले उपनिर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध प्रचार प्रसार गरेको भन्दै दुई जनामाथि कारबाही गरेको छ । नेपाली कांग्रेस अनुशासन समिति तनहुँको वैशाख २ गते बसेको बैठकले पार्टीको क्रियाशील सदस्य समेत नरहने गरी दुई जनालाई पार्टीबाट निष्काशन गरेको हो ।



पार्टीको आबुखैरेनी गाउँपालिका सभापति विष्णुबहादुर पन्थ र व्यवास नगरपालिका ३ का क्रियाशील सदस्य राजु दाहाललाई निष्काशन गरिएको नेपाली कांग्रेस अनुशासन समिति तनहुँका संयोजक केशबादुर सुनारले जानकारी दिए ।

पन्थ र दाहालले रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेलाई सहयोग गर्दै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट