यसपटक स्वर्णिमलाई भोट माग्न बाबुरामले किन सकेनन्?-Sutra News

यसपटक स्वर्णिमलाई भोट माग्न बाबुरामले किन सकेनन्?

बुधबार, ६ बैशाख २०८०

बुधबार, ६ बैशाख २०८०

काठमाडौं- नेपाल समाजवादी पार्टीले चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।



केन्द्रीय कार्यकारिणी बैठकले ती क्षेत्रमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए ।

पार्टीले सम्बन्धित प्रदेश र क्षेत्रका पार्टी समितिलाई निर्वाचनमा परिचालित हुन निर्देशनसमेत दिएको छ । यही वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन हुँदै छ। सो निर्वाचनमा चिनवन क्षेत्र नं २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र तनहुँ क्षेत्र नं १ मा गोविन्द भट्टराई उम्मेदवार छन् । श्रेष्ठ र भट्टराई सत्ता गठबन्धनको साझा उमेदवार छन्।

तनहुँमा बाबुरामले कुनै समय आफ्नै निर्वाचन क्षेत्र पनि छोड्न चाहेको व्यक्ति स्वर्णिम वाग्ले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन्। तर यसपटक बाबुरामले स्वर्णिमलाई भोट माग्न सकेका छैनन्।

बाबुरामले मंसिरको ४ को चुनाव ताका कांग्रेसलाई गाली गर्दै भनेका थिए, ‘स्वर्णिम वाग्ले जस्ता विज्ञलाई नेपाली कांग्रेसले चुनाव लड्न टिकट दिएन। अनि त्यसै परिवर्तनको नारा लगाएर मात्रै हुन्छ?’

उनले देशकै ठूलो पार्टी दाबी गर्ने कांग्रेसले विद्वान व्यक्तित्वहरुलाई निर्वाचन लड्नबाट वञ्चित गराएरको टिप्पणी गरेका थिए।

‘नेपालको सबै कुरा बुझ्ने विद्वान स्वर्णिम वाग्ले हुनुहुन्छ । वाग्ले जस्तो मान्छेलाई आफूलाई सबैभन्दा ठूलो लोकतन्त्र भन्ने पार्टीले चुनाव लड्ने टिकट पनि दिएन । अनि देश बन्छ ?’ भट्टराईले प्रश्न गरेका थिए, ‘विकास भनेको समय हो । समयको व्यवस्थापन नभएसम्म देशको समृद्धि हुँदैन । विकास र मुलुकमा उत्पादन नबढाएसम्म दिगो विकास पनि हुँदैन ।’

वाग्लेले कांग्रेस छोड्नु सामान्य विषय नभएको भट्टराईको तर्क पनि छ।  भट्टराईले डा. स्वर्णिम वाग्लेको विद्रोहलाई गम्भीर रुपमा लिनुपर्ने बताएका छन् ।

 वाग्लेको काँग्रेसबात गरेको विद्रोहलाई हल्काफुल्का रूपमा पन्छाउनु उचित नहुने बताएका हुन् । तर अहिले उनले स्वर्णिमलाई भोट माग्न किन सकेनन् भन्ने प्रश्न उनैलाई तेर्सिएको छ।

मंसिर ४ को निर्वाचनमा स्वर्णिम चितवन ३ बाट चुनाव लड्न चाहन्थे उनले सोहीअनुसारको आन्तरिक तयारी पनि गरेका थिए। अन्तिममा पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजुर राणाको पहलमा योजना आयोगका तत्कालीन उपाध्यक्ष रहेका विश्व पौडेललाई टिकट दिइयो। स्वर्णिमलाई त्यहाँ जिल्लाइयो।

बाबुराम मात्रै होइन हिजो स्वर्णिमका लागि टिकट माग्न तम्सिएका महामन्त्री गगन थापा पनि स्वर्णिमको विरोधमा उत्रिएका छन्।

स्वर्णिमका लागि महामन्त्री गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ ४ छोड्न पनि तयार भए उनी तराईबाट चुनाव लड्न खोजे। स्वर्णिमलाई कुनै हालतमा टिकट नदिने अडानमा सभापति देउवा र उनको कोर टिम लागेपछि गगन पछि हटे।

कांग्रेस दाइ भाउजुको पकडमा भएको आरोप लगाउँदै कांग्रेस छोडेर रास्वपा लागेका हुन्। तर अहिले स्वर्णिमलाई हराउन उनै थापा कस्सिएका छन्। स्वर्णिमलाई गाली गर्दै चुनावी भाषण गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट