राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी-Sutra News

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी

बुधबार, ६ बैशाख २०८०

बुधबार, ६ बैशाख २०८०

काठमाडौँ- अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लाने तयारी गरिएको छ।  साढे ९ बजे श्री एयरको एयर एम्बुलेन्समार्फत् उनलाई दिल्ली लैजान लागिएको हो।



राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएको छ। चिकित्सकहरूले उनलाई थप उपचारका लागि भारत लैजानुपर्ने बताएका छन्।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत पौडेललाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज बिहानै भेट गरेका छन्।

भेटमा चिकित्सकले थप उपचारका लागि भारत लैजान सुझाएको तिमिल्सिनाको सचिवालयले पुष्टी गरेको छ। भेटमा उनले पौडेलको स्वास्थ्य लाभको कामना पनि गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट