काठमाडौँ- सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्न अहिले संवैधानिक परिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ।
परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक भइरहेको हो। सर्वाेच्च अदालत १४ महिनादेखि नेतृत्वविहीन छ अर्थात् कायममुकायम प्रधानन्यायाधीशको भरमा छ।
महाभियोग लागेर तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट हटेपछि सर्वाेच्चमा हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश छन्।
जारी संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशको नियुक्तिको निर्णय गर्ने सम्भावना रहेको बताइएको छ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन्।