काठमाडौँमा भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेको अस्वभाविक सक्रियता-Sutra News

काठमाडौँमा भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेको अस्वभाविक सक्रियता

बुधबार, ६ बैशाख २०८०

बुधबार, ६ बैशाख २०८०

काठमाडौँ- भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले अहिले काठमाडौँमा छन्। उनी सुदूरपश्चिममा आयोजना भएको एक कार्यक्रममा सहभागी भएर मंगलबार काठमाडौँ आइपुगेका हुन्।



उनले काठमाडौं उत्रिएर सोझै राजनीतिक भेटघाटलाई तीव्रता दिइरहेका छन्। उनी मंगलबार उत्तराखण्डबाट धनगढीमा सम्पन्न मानसखण्ड सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटघाट गरेका थिए।

सत्ता पक्षीय नेताहरूसँग भेटघाट गरेपछि उनी प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए।

उनले ओलीसँग नेपालको घतलाग्दा गहिरो राजनीतिलगायतको विषयमा छलफल भएको बताएका छन्। प्रधानमन्त्री भएपछि उसको विदेश भ्रमणलाई निकै महत्वका साथ हेरिन्छ। प्रधानमन्त्रि दाहाल यसपटक छिमेकी भारत र चीन कतै पनि भ्रमण गरेका छैनन् उनलाई निम्तो नै आएन।

सोही कारणले पनि केही दिनअघि कांग्रेसका एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गरी भ्रमणको तयारी थालिएको छ। साउद भारतसँग निकट मानिन्छन्। वैशाख अन्तिम साता दाहालको भारत भ्रमण हुने सम्भावना छ। चौथाइवाले आज भारत फर्कने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट