प्रहरीका १३ एसएसपीको डीआईजीमा बढुवा-Sutra News

प्रहरीका १३ एसएसपीको डीआईजीमा बढुवा

बिहिबार, ७ बैशाख २०८०

बिहिबार, ७ बैशाख २०८०

काठमाडौँ- नेपाल प्रहरीका १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन्। बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढुवा समितिको सिफारिस अनुसार डीआईजी बढुवाको निर्णय गरेका हुन्।



डीआईजी बढुवाका लागि कुवेर कडायत पहिलो नम्बरमा सिफारिस हुँदा केदार ढकाल दोस्रो र विष्णुकुमार केसी तेस्रो नम्बरमा सिफारिस भएका थिए।

बढुवा सिफारिसविरुद्ध उजुरी परेको भोलिपल्ट नै बढुवाको निर्णय भएको हो। बुधबार बढुवाको निर्णय नभएको अवस्थामा एसएसपी विकासराज खनाल अनिवार्य अवकासमा जाने थिए।

एसएसपीको ५५ वर्षे उमेरहदका कारण उनी बुधबार राति १२ बजेबाट अवकासमा जाने थिए। तर गृहमन्त्री श्रेष्ठले त्यसअघि नै डीआईजीमा बढुवा गरेसँगै उनको कार्यकाल लम्बिएको छ। खनाल आईजीपी वशन्तबहादुर कुंवरकै ब्याची हुन्। अब उनको कार्यकाल पनि लम्बिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट