राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर, भारतीय प्रधानमन्त्री मोदीले पठाए सन्देश-Sutra News

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर, भारतीय प्रधानमन्त्री मोदीले पठाए सन्देश

बिहिबार, ७ बैशाख २०८०

बिहिबार, ७ बैशाख २०८०

काठमाडौँ- भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि बुधबार भर्ना गरिएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यअवस्था स्थिर रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।



दूतावासका अनुसार अहिले पौडेलको उपचार चिकित्सकहरूको निगरानीमा भइरहेको छ।

नेपालस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकको सल्लाहअनुसार पौडेललाई बुधबार श्री एयरलाइन्सको जहाजबाट दिल्ली लगिएको हो।

उनको फोक्सोमा पानी जमेर संक्रमण भएको छ। निमोनियाको पनि समस्या देखिएपछि थप उपचारका लागि पौडेललाई दिल्ली लगिएको हो।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यलाभको कामनासहित सन्देश पठाएको दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट