सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम फैसला कहिले?-Sutra News

सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम फैसला कहिले?

बिहिबार, ७ बैशाख २०८०

बिहिबार, ७ बैशाख २०८०

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि सोमबार पेसी तोकिएको छ।



नाबालिग बलात्कार मुद्दामा बुधबार वकपत्र सकिएको छ। बुधबार नाबालिगको स्वास्थ्य परीक्षण गर्ने डाक्टर र अन्यको वकपत्र सकिएको हो।

बुधबार वकपत्र सकिएकाले सोमबार अन्तिम फैसलाका लागि पेसी राखिएको सन्दीप पक्षका कानुन व्यवसायी सरोज घिमिरेले बताए।
एक नाबालिकालाई बलात्कार गरेको आरोपछि सन्दीप लामिछाने नेपाली क्रिकेट टिमको कप्तानबाट निलम्बित भएका थिए।
अहिले उनलाई राष्ट्रिय टिमबाट खेल्न भने अनुमति अदालतले दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट