जनतालाई धम्की दिन थालियो, तर यसपटक तनहुँका जनताको विवेकसामु कसैको केही लाग्दैन : डा. स्वर्णिम वाग्ले-Sutra News

जनतालाई धम्की दिन थालियो, तर यसपटक तनहुँका जनताको विवेकसामु कसैको केही लाग्दैन : डा. स्वर्णिम वाग्ले

बिहिबार, ७ बैशाख २०८०

बिहिबार, ७ बैशाख २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ-१ का उम्मेदवार  अर्थविद् डा. स्वर्णिम वाग्लेले सोझा जनतालाई धम्की दिने क्रम सुरु भएको बताएका छन्‌ ।



बिहीबार बिहान सामाजिक सञ्जालमार्फत्‌ वाग्लेले सोझा जनताको भोट किन्ने व्यापक चलखेल सुरु भएकोसमेत बताए ।

यस्तै विकृत राजनीतिविरुद्ध आफूहरूको लडाइँ भएको भन्दै उनले भने, ‘तर यसपटक तनहुँका विवेकशील जनताको सामुहिक मत सामु कसैको केही लाग्ने छैन। आमूल सुधार र परिवर्तनको घण्टी बज्छ बज्छ।’

वाग्लेले प्रधानमन्त्री निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै अरु ३ जना पूर्वप्रधानमन्त्री हेलिकप्टरमा बोकेर प्रदेश मुख्यमन्त्री र संघीय मन्त्रीको पद बाँड्दै हिँडेकाले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट