नेपालगञ्जको न्युरोडबाट पाँच किलो सुनसहित दुई जना पक्राउ-Sutra News

नेपालगञ्जको न्युरोडबाट पाँच किलो सुनसहित दुई जना पक्राउ

बिहिबार, ७ बैशाख २०८०

बिहिबार, ७ बैशाख २०८०

काठमाडौँ- नेपालगञ्जबाट करिब पाँच किलो सुनका गरगहनासहित दुई जना पक्राउ परेका छन्। गएराति न्युरोडको एक होटलबाट सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए।



पक्राउ परेकाहरूको साथबाट चार किलो ९ सय २७ ग्राम बरामद गरिएको छ।

‘गएराति प्रहरीले न्युरोडबाट गरगहनासहित दुई जनालाई पक्राय गरेको छ,’ उनले भने, ‘पक्राउ परेकालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुझाउने तयारी प्रहरीले गरेको छ।’

बाँके प्रहरीले घटनाबारे केहीबेरमा पत्रकार सम्मेलन गरेर पुर्ण जानकारी गराउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट