काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख ४ देखि सञ्चालित स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षाअन्तर्गत वैशाख १० गतेका लागि निर्धारित परीक्षा ६ दिन पर सारेको छ।
त्यस दिन प्रतिनिधिसभा सदस्य चयनका लागि देशका तीन निर्वाचन क्षेत्रमा उपचुनाव रहेकाले वैशाख १० गते गर्ने भनिएको स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा वैशाख १६ गतेका लागि सारिएको हो।
वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदै छ। सोही दिन बिहान ७ बजे व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायका अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा गर्ने परीक्षा तालिका त्रिविले सार्वजनिक गरेको थियो।
तर उक्त परीक्षा अब वैशाख १६ गते गरिने भएको हो। सारिएका परीक्षा वैशाख १६ गते यसअघि तोकिएकै समय र सेन्टरमा सञ्चालन हुने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
हेर्नुहोस् सूचना-