काठमाडौँ– भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य लाभको कामना गरेकी छन्।
बिहीबार एक सन्देश पठाएर भारतीय राष्ट्रपतिले सीघ्र स्वास्थ्य लाभको कामना गरेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
राष्ट्रपति पौडेल बुधबारदेखि नयाँ दिल्लीको एम्स अस्पतालमा उपचाररत छन्। उनको स्वास्थ्यमा सुधार आइरहेको चिकित्सकलाई उदृत गर्दै दूतावासले जनाएको छ।