नयाँ वर्षबाट सार्वजनिक प्रदर्शनमा आएको उपेन्द्र सुब्बाको निर्देशकीय डेब्यू सिनेमा ‘जारी’ले प्रदर्शनको दोश्रो सातामा पनि आफूलाई उच्च लयमा राख्ने देखाएको छ।
सिनेमाहलहरूले उसलाई उपलब्ध गराएको शो संख्याले सिनेमाको कमाइ उच्च रहेको देखाएको छ। विशेषगरी हिन्दीसहितका विदेशीसिनेमालाई विशेष प्राथमिक्ता दिने हलहरूले दिएको यो शोले सिनेमाले आफ्नो प्रदर्शनलाई लम्ब्याउने देखाएको छ।
‘जारी’को शो संख्यामा भारी पर्ने अनुमान गरिएको सलमान खान अभिनित ‘किसीका भाइ किसिका जान’ले अपेक्षा गरिएभन्दा कम शो पाएको देखाएको छ। आज शुक्रबारबाट रिलिज भएको सिनेमाको बुकिङ यसअघि सलमानका सिनेमा रिलिज हुँदाताका देखिनेजस्तो आक्रमक छैन्। बुकिङका हिसाबले सिनेमाको अवस्था निराशाजनक छ।
रिलिजको पूर्वसन्ध्यमा सलमानको सिनेमाको नेपाल वितरकले सलमानले नेपाललाई सम्बोधन गरेको सन्देश सार्वजनिक गरेपनि त्यसले दर्शकलाई यसपाली खासै आकर्षित गर्न सकेन। वक्सअफिसमा सलमानले यसपटक निराश पार्ने संकेत मिलेको छ।
देशको सबैभन्दा ठूलो सिनेमाहल चेन भएको क्यूएफक्सले आफ्नो चेनमा सलमानलाई भन्दा जारीलाई उच्च शो दिएका छन्। यो चेनमा ‘जारी’ले दोश्रो सातामा ४२ शो पाउँदा सलमानको ‘किसीका भाइ किसीका जान’ले ३३ शो पाएको छ।
यसैगरी बिग सिनेमा, एफक्यूब, वान सिनेमाजमा ‘जारी’ले प्रतिष्पर्धात्मक शो पाएको छ। यी हलहरूमा सलमानको सिनेमाले केहीमात्र बढी शो पाएको छ।
पछिल्लो समय बलिउड सिनेमाले नेपालमा सोचेजस्तो व्यापर गर्न सकिरहेका छैनन्।