काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
टीआरसी विधेयक, संवैधानिक परिषद्लगायतका विषयमा छलफल भइरहेको उनले बताए ।
प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको थियो ।
संवैधानिक परिषद्मा प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष, सभामुख, उपसभामुख, प्रधान्यायाधीश रहन्छन्। संवैधानिक परिषद्मा एमालेको बहुमत भएकैकारण अन्य दल समस्यामा छन्।