टीआरसी विधेयक अघि बढाउन प्रचण्डले मागे ओलीसँग सहयोग-Sutra News

टीआरसी विधेयक अघि बढाउन प्रचण्डले मागे ओलीसँग सहयोग

शुक्रबार, ८ बैशाख २०८०

शुक्रबार, ८ बैशाख २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गर्नका लागि प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीसँग सहयोग मागेका छन् ।



शुक्रबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले संक्रमणकालीन न्याय निरुपणका लागि ढिलाइ भएको भन्दै विधेयक पारितका लागि सहयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

टिआरसी विधेयक संसद्मा पेस भएर सैद्धान्तिक छलफल भइसकेको छ । तर, एमालेले बृहत छलफल नगरी विधेयक पारित गर्ननहुने अडान राख्दै आएको छ ।

त्यस्तै, छलफलमा प्रधानन्यायाधीश नियुक्तिका विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन टुंगिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट