सन्दीप लामिछानेले बनाए विश्वकै दुर्लभ कीर्तिमान, ४२ खेलमै १०० विकेट-Sutra News

सन्दीप लामिछानेले बनाए विश्वकै दुर्लभ कीर्तिमान, ४२ खेलमै १०० विकेट

शुक्रबार, ८ बैशाख २०८०

शुक्रबार, ८ बैशाख २०८०

काठमाडौँ- राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको विकेट लिएर आफ्नो नाममा दुर्लभ कीर्तिमान राखेका छन्। सन्दीपले सर्वाधिक कम खेलमा १ सय विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा राखेका हुन्।



सन्दीपले यसअघि ४१ खेलमा ९९ विकेट लिइसकेका थिए। उनले आज मात्रै तीन विकेट लिइसकेका छन्। योसँगै उनले ४२ खेलबाट १०२ विकेट बनाइसके।  सन्दीप ओडीआईमा ५० विकेट सर्वाधिक छिटो पूरा गर्ने विश्वको दोस्रा खेलाडी हुन्। ओडीआईमा सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका थिए।

यसअघि ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो। रसिदले ४४ खेलमा सय विकेट लिएका थिए।

दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका मिचेल स्टार्कले ५२ खेलमा सय विकेट लिएका थिए। पाकिस्तानका सक्लैन मुश्ताकले ५३, न्युजिल्यान्डका शेन बोन्ड र बंगलादेशका मुश्ताफिजर रहमानले ५४ खेलमा सय विकेट झारेका थिए।

सन्दीपले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्धको खेलमा ओडीआईमा डेब्यु गरेका थिए। सन्दीपले ती ओडीआई खेलमा ५ विकेट झारेका छन्। ओडीआईमा नेपालबाट सय विकेट लिने सन्दीप पहिलो बलर पनि बनेका छन्।

सन्दीपपछि ओडीआईमा सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा सोमपाल कामी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट