राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा थप सुधार-Sutra News

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा थप सुधार

आइतबार, १० बैशाख २०८०

आइतबार, १० बैशाख २०८०

काठमाडौं- भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार भएको छ ।



उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले शनिबार सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

उनको स्वास्थ्योपचार बुधबारदेखि चौथो दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति पौडेल स्वास्थ्योपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट