चितवन-२ उपनिर्वाचन : रवि र रामप्रसादले आफैँलाई भोट हाल्न नपाउने-Sutra News

चितवन-२ उपनिर्वाचन : रवि र रामप्रसादले आफैँलाई भोट हाल्न नपाउने

आइतबार, १० बैशाख २०८०

आइतबार, १० बैशाख २०८०

काठमाडौँ- चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले र रामप्रसाद न्यौपानेले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् । उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् ।



लामिछाने रास्वपाबाट उम्मेदवार छन् भने न्यौपाने एमालेका उम्मेदवार हुन् । यस्तै कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने मत खसालिसकेका छन् ।

चितवनमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ।

नागरिकता प्रकरणमा लामिछानेको पद खारेज भएसँगै यहाँ पुन चुनाव भएको हो। रास्वपाबाट मंसिर ४ मा आफैँ निर्वाचित भएका लामिछाने यसपटक पनि आफैँ उम्मेदवार बनेका छन्। यहाँ उनले ठूला भनिएका कांग्रेस एमाले दलका उम्मेदवारलाई ठूलो चुनौती प्रस्तुत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट