भारतीय प्रहरीको मोस्टवान्टेड सूचीमा रहेका अमृत पाल पक्राउ-Sutra News

भारतीय प्रहरीको मोस्टवान्टेड सूचीमा रहेका अमृत पाल पक्राउ

आइतबार, १० बैशाख २०८०

आइतबार, १० बैशाख २०८०

काठमाडौँ- खालिस्तान समर्थक अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले आइतबार बिहान मोगाबाट पक्राउ गरेको छ।



भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार अमृतपाललाई मोगाको रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरिएको हो। अब अमृतपाललाई भटिण्डाबाट विमानबाट असमको डिब्रुगढ जेल लगिनेछ। अमृतपाल विरुद्ध एनएसएअन्तर्गत मुद्दा दर्ता गरिएको छ।

अमृतपाल ३६ दिनदेखि फरार थिए। अमृतपालले आफ्ना एक समर्थकको रिहाइका लागि फेब्रुअरी २३ मा पञ्जाबको अजनाला प्रहरी चौकीमा आक्रमण गरेका थिए। घटनापछि प्रहरीले उनलाई खोजिरहेको थियो।

यसअघि उनी नेपालमा पनि आएको आशंका गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट