काठमाडौँ- चितवन–२ को उपनिर्वाचनमा आइतबार बिहान भरतपुर महानगरपालिका–२९ की १०४ वर्षीया गोरीमाया गुरूङले मतदान गरेकी छन् ।
भरतपुर–२९ जुगेडीको कविलास माविको ‘क’ केन्द्रबाट उनले मतदान गरेको मतदान अधिकृत श्रीराम आचार्यले जानकारी दिए । मतदानको सुरूवात नै उनीबाट गराएको आचार्यले बताए ।
चितवनका सबै मतदान केन्द्रमा बिहान सात बजेबाट मतदान सुरू भएको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए । चितवनमा ४३ स्थानमा १३८ मतदान केन्द्र रहेका छन् ।