काठमाडौँ- चितवन २ मा अहिलेसम्म १६ प्रतिशत मत खसेको छ। ४३ मतदान स्थल र १३८ मतदान केन्द्र रहेको सो क्षेत्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो।
अहिलेसम्म शान्तिपूर्ण मतदान भइरहेको र मतदातामा उत्साह देखिएको निर्वाचन अधिकृत चितवन जिल्ला अदालतका न्यायाधीस बासुदेव न्यौपानेले जानकारी दिए।
‘मतदातामा उत्साह देखिएको छ,’ उनले भने, ‘अहिलसम्म १५÷१६ प्रतिशत मत खसेको छ।’ ५ बजेसम्म मतदान जारी रहनेभएकोले ७० प्रतिशत मत खस्नसक्ने उनले बताए।
सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धामा छन्।
नागरिकता प्रकरणका कारण रास्वपा सभापति लामिछानेले पद गुमाएपछि उपचुनाव भइरहेको हो। १ लाख २४ हजार ६९५ मतदाता रहेको सो क्षेत्रमा २२ जना उम्मेदवार चुनावी मैदानमा छन्।