चर्चित हास्य कलाकार जोडी ‘मह’का ‘म’ अर्थात मदनकृष्ण श्रेष्ठको आज जन्मदिन हो। उनको जन्मदिनको उपलक्ष्यमा उनलाई चारैतीरबाट धेरैले शुभकामना तथा लामो आयुको चाहाना व्यक्त गरेका छन्।
त्यसमाथि नेपाली हास्यकलाकारहरूबाट त उनलाई जन्मदिनको शुभकामनाको ओइरो नै लागेको छ।
शालिन र नम्र स्वभावका कारण मदन धेरैका प्रिय छन्।
यस्तै अर्का चर्चित हास्य कलाकार दिपकराज गिरीले मदनकृष्णलाई आफ्नै शैलीमा भव्य शुभकामना दिएका छन्।
उनले फेसबुकमा मदनकृष्ण श्रेष्ठसँगको तस्विर पोस्ट गर्दै उनको व्यक्तित्वको बयान गरेका छन्।
उनले भगवानले दुई-चार कुरामा मदनलाई ठगेको लेखेका छन्। भगवानले ती २-४ कुरामा ठगेकै कारण उनको व्यक्तिव महान भएको दिपकको भनाइ छ।
‘मदन दाइ ! एउटा कुरा थाहा छ ?
भगवानले हजुरलाई २,४ वटा कुरामा ठगेका छन् नि !
अरूलाइ भन्दा कम दिएका छन् ! के कुरा था छ?
न अरूको जस्तो रिस देको छ , न इर्ष्या र डाहा पाउनु भा छ , न घमन्ड दिएको छ …
शान्त , सरल नम्रता र शिष्टताको ब्राण्ड एम्बेसडर बनाएर पठाइ दिएका छन …
अरबौ मान्छेहरूको भिडमा आज त्यही एउटा प्रिय मान्छेको जन्मदिन ! हजुरलाई कोटीकोटी शुभकामना!!
फेसबुकमा दिपकले लेखेका छन्।
मदनकृष्णलाई समर्पित गर्दै दिपकले लेखेका यी शब्दजस्तैछन् उनी। त्यसैले उनी सबैका प्रिय छन्। पछिल्लो समय रोगका कारण पहिलोभन्दा कम सक्रिय रहँदै आएका मदनलाई सुस्वास्थ्य र दीर्घ जीवनको अशेष शुभकामना।