चितवन–२ : सर्वदलीय बैठक बस्दै-Sutra News

चितवन–२ : सर्वदलीय बैठक बस्दै

सोमबार, ११ बैशाख २०८०

सोमबार, ११ बैशाख २०८०

काठमाडौं – चितवन क्षेत्र नम्बर २ को मतगणनबारे निर्णय गर्न सर्वपक्षीय बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे बस्ने सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।



आइतबार बैठक बसेर मतगणना गर्ने भनिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकका दल तयार नभएपछि बैठक आजका लागि सारिएको थियो ।

आइतबार भएको उपनिर्वाचनमा चितवन–२ मा ६३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
उक्त क्षेत्रमा नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसहितका उमेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट