काठमाडौँ- उपनिर्वाचनको मतगणनाबारे निर्णय गर्न बारा–२ मा सर्वदलीय बैठक बस्दै छ । आइतबार नै मतगणना सुरु गर्ने भनिए पनि बैठक आज बिहान ६ बजेका लागि बोलाइएको थियो ।
प्रतिनिधि आउने क्रममा रहेकाले केहीबेरपछि बैठक बस्ने जिल्ला निर्वाचन अधिकारी सरोज चौधारीले जानकारी दिए । सर्वदलीय बैठकपछि शिक्षा तालिम केन्द्र, कैलयामा मतगणना सुरु हुनेछ ।
बारा २ मा सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी (जसपा)का उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, नेकपा (एमाले)का पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेललगायत उमेदवार छन् ।