तीन तलाबाट खसेका रवि लामिछानेका ड्राइभरको अवस्था कस्तो छ?-Sutra News

तीन तलाबाट खसेका रवि लामिछानेका ड्राइभरको अवस्था कस्तो छ?

सोमबार, ११ बैशाख २०८०

सोमबार, ११ बैशाख २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा चितवनस्थित एक घरको तीन तलामाथिबाट खसेर घाइते छन्। उनको टाउकोमा गम्भीर चोट लागेको छ।



गत मंगलबार चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट थप उपचारका लागि उनलाई काठमाडौँको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। अस्पतालकी सूचना अधिकारी मनिता पोखरेलका अनुसार थापाको स्वास्थ्य अवस्था अझै पनि गम्भीर नै छ। टाउकोमा गहिरो चोट बोकेका थापाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ ।

उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छैन। उपचार जारी छ। थापाको शरीरमा अक्सिजनको लेभल भने राम्रो रहेको अस्पतालको भनाइ छ।

थापा गत सोमबार बिहान भरतपुरस्थित एउटा घरको तीन तलामाथिबाट खसेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट