तनहुँमा २२ हजार मत गणना सकियो, वाग्लेले ल्याए ११ हजार चारसय-Sutra News

तनहुँमा २२ हजार मत गणना सकियो, वाग्लेले ल्याए ११ हजार चारसय

सोमबार, ११ बैशाख २०८०

सोमबार, ११ बैशाख २०८०

काठमाडौँ- तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले ११ हजार बढी मत ल्याएका छन्। विभिन्न १६ वडाको मत गणना सकिँदा वाग्लेले ११ हजार ४२८ मत ल्याएका हुन्।



यहाँ अहिलेसम्म २२ हजार ३५८ मत गणना भएको छ। नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ४६५ मत ल्याएका छन्। नेकपा एमालेका सर्वेन्द्र खनाले ३ हजार ७४८ मत ल्याएका छन्। तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट